दफा १०
प्राधिकरणको स्थापना
: (१) विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलापको प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्नको लागि मन्त्रालय अन्तर्गत एक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहनेछ ।
(२) यस नियमावली बमोजिम कोषको रकम खर्च गर्दा राहत वितरणका अतिरिक्त कार्यकारी समितिबाट स्वीकृत विपद्‌ पछिको क्षतिको विस्तृत आँकलन, . विपद्‌ पुनर्लाभ तथा विपद्‌ व्यवस्थापन सम्बन्धी अन्य कार्यक्रम सञ्चालन गर्ने प्रयोजनको लागि मात्र गरिनेछ।
(३) प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्नेछ ।
(४) प्राधिकरणले परिषद् र कार्यकारी समितिको सचिवालयको रूपमा कार्य गर्नेछ ।
(५) प्राधिकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।